स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण

स्वास्थ्यखबर बुधबार, जेठ १७, २०८०  १४:३८   35Shares

 

काठमाडौं स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य कर कोष सचिवालयले आज विश्व धूम्रपान रहित दिवसको अवसरमा सो पुरस्कार प्रदान गरेको हो।

मन्त्रालयले सूर्तीजन्य पदार्थको आयत, उत्पादन, बिक्री, वितरण गर्ने कार्यलाई न्यूनीकरण र नियमनको कार्यमा संलग्न संस्था, व्यक्ति, गैरसरकारी संस्था, पत्रकार, सरकारी निकाय र त्यही क्षेत्रमा कार्यरत कर्मचारीलाई सो पुरस्कार दिइएको हो।

 

पुरस्कार पाउनेमा संस्था तर्फ नेपाल विकास अनुसन्धान प्रतिष्ठान ललितपुर, गैरसरकारी संस्था तर्फ एक्सन नेपाल त्रिपुरेश्वर, सरकारी निकाय तर्फ विराटनगर महानगरपालिका, व्यक्ति तर्फ प्रा डा रिता थापा, सरकारी कर्मचारी तर्फ डा भक्त बहादुर केसी र पत्रकार तर्फ पदमराज जोशी रहेका छन्। पुरस्कृतहरूलाई जनही ५० हजार रुपैयाँ र कदर पत्रद्वारा सम्मान गरिएको हो।

See more at: https://swasthyakhabar.com/story/51929