सुर्तीजन्य पदार्थरहित ललितपुर महानगर बनाउछाैँ –प्रमुख चिरिबाबु महर्जन

सुर्तीजन्य पदार्थरहित ललितपुर महानगर बनाउछाैँ –प्रमुख चिरिबाबु महर्जन

काठमाडौं, जेठ १६ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जनताले दिएको भोट त्यतिकै खेर जान नदिने बताउनुभएको छ । विश्व सुर्तीजन्य प्रदार्थरहितको दिवसको पूर्वसन्ध्यामा बोल्नुहुँदै उहाँले जनताले दिएको भोट खेर जान नदिने बताउनुभएको हो ।

आफूलाई स्थानीय चुनावमा अत्यधिक मतले भोट दिएर विजय बनाएकोमा सबै मतदाताहरूलाई उहाँले धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “पहिले थोरै मात्रैले जितेको थिएँ, तर यसपटको स्थानीय तहको निवार्चनमा बोल्नै नसक्ने गरी भोट दिनुभएको छ ।

जनताले दिएको माया र विश्वासले दिएको भोट खेर जान दिन्न, काम गरेर देखाउँछु ।” सुर्तीजन्य प्रदार्थको नियन्त्रण गर्न कार्यक्रम बनाउने र बजेट छुट्याइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

भोलि विश्व सुर्तीजन्य पदार्थरहितको दिवसको अवसरमा नगरप्रमुख र जनप्रतिनिधिहरु ललितपुर नगरपालिकाको घरघरमा गएर सुर्तीजन्य प्रदार्थ त्याग्न आग्रह गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।

नगरप्रमुख सीताराम हाछेँथुुको नेतृत्वमा महानगरभित्रका चार वटा महत्वपूर्ण ठाउँहरु पाटन दरवार स्क्वायर, लगनखेल, जाउलाखेलको पार्कमा र पुलचोकमा सुर्तीजन्य पदार्थरहित क्षेत्र बनाएको छ ।

कार्यक्रममा स्मार्ट सिटी बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै नगरप्रमुख सीताराम हाछेँथुलाई सम्मान गरेको थियो । ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले १५ दिनभित्र विद्यालय छेउछाउमा सुर्तीजन्य पदार्थ बेच्न नदिने बताएका छन्। कानुनले भनेका कुरा कार्यान्वयन गर्ने बताउँदै उहाँले विद्यालय आसपासमा सुर्तीजन्य पदार्थको विक्रीवितरण रोक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,  ‘१५ दिनभित्रमा विद्यालयको छेउछाउमा सुर्तीजन्य पदार्थ बेच्न दिँदैनौं, कानुनले भनेका कुरा हामी गर्छौं। नियन्त्रण गर्न समय लाग्छ। तर अप्ठ्यारोलाई पनि सहज बनाउँदै अघि बढ्छौं।’

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । भएका स्रोतसाधन र जनशक्तिको प्रयोग गरेर स्वास्थ्यको लक्ष्य प्राप्त गर्न सबै प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ छ।

https://gorkhapatraonline.com/news/14496