धुम्रपान गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर सबैभन्दा बढी

धुम्रपान गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर सबैभन्दा बढी

काठमाडौं : धुम्रपान गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको चिकित्सकहरुले बताएका छन् । विश्व सूर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईंले सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न सके क्यान्सरको जोखिम कम गर्न सकिने बताइन् ।

चुरोट खान छाड्ने १० मध्ये ९ जना व्यक्तिलाई क्यान्सरबाट बचाउन सकिने उनको भनाइ छ । ८५ प्रतिशत फोक्सोको क्यान्सर सूर्तिजन्य पदार्थका कारण हुने बताउदै यसको नियन्त्रण गर्न सके राज्यकोषको रकम समेत जोगिने बताइन् । उपचारका नाममा करोडौं रुपैँया खर्च हुने भन्दै रोग लाग्नै नदिनेतर्फ सचेत हुनुपर्ने उनको भनाइ छ ।